Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिकः सांसदहरु

सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिकः सांसदहरु

  • काठमाडौँ । सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष  २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै सांसदहरुले राजनीतिक स्थायित्व र नीतिगत स्थिरताका लागि दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    नेकपा ९एमाले० का सांसद एकनाथ ढकालले नीति तथा कार्यक्रमले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासलाई जोड दिएको बताउनुभयो । उहाँले नीतिगत स्थायित्व, सुशासन, अर्थतन्त्रलाई अगाडि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादकत्व बढाउने, सामाजिक न्यायको प्रत्याभूति गर्दै मानवअधिकारको सम्मान तथा सङ्क्रमणकालीन न्यायको कामलाई तार्किक निष्कर्षमा पु(याउने जस्ता विषय सकारात्मक रहेको बताउनुभयो ।

    एमालेकै हेमराज राईले देशमा राजनीतिक स्थिरता कायम गर्दै सुस्त अवस्थामा रहेको मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनेखालका विषयवस्तु समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालले राजनीतिक र नीतिगत स्थिरता खोजेको छ । आपसी संवाद र सहकार्यमार्फत राजनीतिक स्थायित्वलाई निरन्तरता दिनुपर्छ ।”

    एमालेकै इश्वरी घर्तीले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम सटिक र कार्यान्वयनमुखी रहेको उल्लेख गर्नुभयो । सरकारले नारा हैन सजिलै कार्यान्वयन गर्ने विषयलाई समेटेकाले गरिबी न्यूनीकरण, सामाजिक न्याय आदि विषयमा बजेटको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।
              
         नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारको वार्षिक नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा नयाँ नारा र घोषणाको चाङ देखिँदैन । फजुल खर्च रोक्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, कृषि उत्पादन प्रवर्द्धन, सगरमाथा संवादजस्ता विषय सकारात्मक छन् ।”
      
    काँग्रेसकै कुसुनदेवी थापाले नीति तथा कार्यक्रममा निवार्हमुखी कृषिलाई आधुनिकीकरण गरी व्यवसायमुखी बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिएर कृषि उत्पादन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने खाँचो औंँल्याउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij