Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

आजको मन्त्रिपरिषद्को बैठकबाट गभर्नर  नियुक्ति होला र ?आशंकाबीच नियुक्तिको प्रतीक्षा चौतर्फी

आजको मन्त्रिपरिषद्को बैठकबाट गभर्नर  नियुक्ति होला र ?आशंकाबीच नियुक्तिको प्रतीक्षा चौतर्फी

  • काठमाडौँ । आजको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्ति होला भन्ने चर्चा चुलिएको छ । कागजी खानापूर्ति गरी गरिने नियुक्ति आजै हुने  एकथरीको दाबी छ भने अर्काथरीले त्यसका लागि पनि केही समय लाग्ने जिकिर गरिरहेका छन् ।चैत २४ सेवा निवृत भइ निर्वतमान बनेका गभर्नर महाप्रसाद अधिकारी गर्भनर छनोट समितिका सदस्य हालै नियुक्त भएका हुन् ।

    सामान्यतया सेवा निवृत हुन एक महिना अघि गभर्नरको नियुक्ति भइसक्नुपर्नेमा यो पदको भागबण्डमा सत्ताधारी प्रमुख दलको कुरो नमिलेर तानातान हुँदा त्यो हुन नसकेको देखिएको हो । अर्कोतर्फ त्यो पदमा स्वार्थसमूहको खेलले पनि गभर्नर नियुक्त हुन नसकेको देखिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले संसदमै गभर्नरको नियुक्तिमा बिचौलियाको प्रभाव परेको बताए । सरकारलाई बिचौलियाको प्रभावबाट मुक्त भएर गभर्नरको नियुक्ति गर्न उनले चुनौतीसम्म दिए । प्रतिपक्षी दलका नेताहरूले मात्र होइन सत्तापक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले पनि बिचौलियाको प्रभावबाट मुक्त भएर गभर्नरको नियुक्ति हुनुपर्ने धारणा सार्वजनिक भएपछि यो नियुक्ति विवादस्पद बन्दै गएको छ ।

    गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा बनेको तीन जनाको छनोट समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिइसकेपछि निर्वतमान गनर्भर अधिकारीलाई नियुक्त गरिएको हो । छनोट समितिमा निर्वतमान गभर्नर अधिकारीको नियुक्तिले सत्ताधारी एमालेले आफ्नो वर्चस्व कायम गर्न खोेजेको हो । साथै यो समितिलाई कागजी खानापूर्तिका लागि बनाइएको प्रष्ट भएबाट पनि कतिपयले आजै मन्त्रिपरिषद्बाट गभर्नरको नियुक्ति हुने दाबी गरिरहेका छन् । डा. भट्टराईको राजीनामा पछि छनोट समितिको बचेखुचेको प्रतिष्ठा पनि गइसकेको छ । त्यसैले आजै गभर्नरको नियुक्ति हुनेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरको नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीको कारण ढिलाइ नभएको भनी दिएको अभिव्यक्तिबाट कुरो मिलिसकेको दाबी पनि आजै नियुक्ति हुने भन्नेहरूको छ ।

    तर राजनीतिमा सबै नाङ्गै भएपनि केही लाज जोगाउनकै लागि भएपनि आजै नियुक्तिमा शंका गर्छन् ।दुवै थरी चर्चा चुलिरहेका बहसहरूमा भने गभर्नरको नियुक्तिले बन्ने ठोस मनोविज्ञानको अभावमा अर्थतन्त्रका कतिपय चालक संयन्त्रमा गति आउन नसकेको चर्चा समानरूपले भइरहेको पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij