
काठमाडौँ । तातोपानी र मेची भन्सार कार्यालयका प्रमुखहरूको सरुवा गरिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराई र मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुँडाललाई सरुवा गरिएको हो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भट्टराईलाई विभागमा तानिएको छ भने मेची भन्सार कार्यालयका प्रमुख चुँडाललाई तातोपानी पठाइएको छ ।विभाग स्रोतका अनुसार अनुसार चुँडालको ठाउँमा हरिहर पौडेललाई पठाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij