Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

कसले ल्यायो सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट सन् १९९० अगाडिका मेसिनहरू

कसले ल्यायो सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट सन् १९९० अगाडिका मेसिनहरू

  • वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया मार्फत् दशकौँ पुराना प्रिन्टिङ मेसिनहरू ल्याइएका  छन् । केही दिन अगाडि दशकौँ  पुराना प्रिनिटङ मेसिनहरू एलसी मार्फत् सुक्खा बन्दरगाह हुँदै भित्र्याउन खोजिएपछि भन्सार विभाग र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा हंगामा मच्चिएको छ । 

    दशकौँ पुराना प्रिन्टिङ मेसिनहरू किन आयात गरियो त्यो भने अनुसन्धान भइरहेको भन्सार विभाग स्रोतले बताएको छ । अहिले ती पुराना मेसिनहरू सुक्खा बन्दरगाह भन्सार कार्यालयले जफत गरेको छ । कार्यालयले जफत गरेर त्यसको  अनुसन्धान गरिरहेको बुझिएको छ । भन्सार स्रोतका अनुसार ती प्रिन्टिङ मेसिनहरू सन् १९९० अगाडि बनेका छन् ।

    भन्सार कानुनमा प्रिन्टिङ मेसिनको हकमा १० वर्षसम्म पुरानो  र अन्य मेसिनको हकमा पाँच वर्षसम्म पुराना मेसिनहरू उद्योग विभागको सिफारिसमा ल्याउन पाउने व्यवस्था छ । यद्यपि सुक्खा बन्दरगाहबाट ल्याइएका प्रिन्टिङ मेसिनहरू सन् १९९० अगाडिकै रहेकोले उक्त मेसिनहरू जफत गरिएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij