Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

अर्थमन्त्री पौडेलद्वारा विनियोजन विधेयक २०८२का सिद्धान्त तथा प्राथिमकता संसदमा प्रस्तुत, चार दिन छलफल हुने

अर्थमन्त्री पौडेलद्वारा विनियोजन विधेयक २०८२का सिद्धान्त तथा प्राथिमकता संसदमा प्रस्तुत, चार दिन छलफल हुने

  • काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।संघीय संसदमा अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आइतबार  प्रस्तुत गरेका हुन् ।

    सीमित स्रोत साधनको परिचालनबाट विकास, सेवा प्रवाह र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार भएको बताउँदै अर्थमन्त्री पौडेलले  अहिले पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाइ नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रता हासिल गर्ने जिम्मेवारी बाँकी रहेको धारणा व्यक्त गरे ।

    विकासको ढाँचा, गति र संस्कृति बदल्न, राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीव्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत, साधन र सामथ्र्य परिचालन गर्नु जरुरी रहेको उनले जनाएका छन् । 

    सरकारको नीति तथा कार्यक्रमको मार्गदर्शनमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक प्रस्तुत गर्दा त्यसका सिद्धान्तलाई आधार बनाउन आवश्यक  हुने बताउँदै अर्थमन्त्री पौडेलले  संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरूप सिद्धान्तहरूका आधारमा रही बजेट आउने बताए ।

    अर्थमन्त्री पौडेलले प्रस्ताव पेस गरेपछि सभामुख देवराज घिमिरेले त्यसमाथि वैशाख ३० र ३१ गते तथा जेठको १ र २ गते छलफल हुने मिति तय गरेको जानकारी सांसदहरूलाई गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij