Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ६३९% नाफा वृद्धि, तेस्रो त्रैमासमा १ करोड ५ लाख नाफा

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ६३९% नाफा वृद्धि, तेस्रो त्रैमासमा १ करोड ५ लाख नाफा


  • काठमाडौं।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै ६३९ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा १४ लाख २६ हजार रुपैयाँ थियो।

    कम्पनीले तेस्रो त्रैमाससम्म २३ करोड ४८ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ७ करोड ८६ लाख रुपैयाँको तुलनामा १९८.७२ प्रतिशतले वृद्धि भएको हो।

    यस त्रैमाससम्म कम्पनीको कुल खर्च २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७ करोड ७१ लाख रुपैयाँको तुलनामा १९०.५९ प्रतिशतले बढेको हो। खर्चमा उल्लेख्य वृद्धि भए पनि आम्दानी उच्च भएकाले नाफा वृद्धि सम्भव भएको कम्पनीको भनाइ छ।कम्पनीले तेस्रो त्रैमाससम्म १९ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क संकलन गरेको छ। सो अवधिमा १३ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij