
काठमाडौँ । नवनियुक्त पोप लियो चौधौँले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलेजेन्स ,एआई)लाई खतरनाक भन्दै पदभार सम्हालेका छन् । दिवंगत पोप फ्रान्सिसलाई नजिकबाट पछ्याउने जनाउँदै पोप लियो चौधौँले एआईबारे यस्तो बताएका हुन् ।
पोप लियो चौधौंँले क्याथोलिक चर्चको नयाँ नेताको रूपमा पहिलो शक्तिशाली सन्देशका दर्बिलो प्रवेश दर्शाएका छन् । कृत्रिम बुद्धिमत्ताले निम्त्याएको नैतिक खतराहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै पोप लियोले आधुनिक चुनौतीहरूलाई बेवास्ता गर्नुको सट्टा, न्याय, मानव मर्यादा र कामको अर्थलाई विकृत गर्ने एआईको सम्भावनाको सामना गर्ने बताए । उनले डिजिटल युग चर्चको अर्को प्रमुख नैतिक युद्धभूमि बन्न सक्ने चेताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij