
काठमाडौँ । आज नेप्से परिसूचकमा १४.८७ अंकले घटेर २६३४.२३ बिन्दुमा आएको छ । आज ९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३ सय १४ कम्पनीको २ करोड १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा युनिभर्सल पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र नेपाल माइक्रो इन्सुरेन्स कम्पनी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij