
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ।।। खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन ।
यो क्याम्पेनले गेमिबको रमाइलोर मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए । बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत
सहभागीहरुले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् । ग्राहकहरुले उक्त उपहारहरु प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।
सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनोट गरिएको थियो । विजेता आलमले१५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।“।।।खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास थियो, साथै हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरुवातलाई साँच्चै विशेष बनाउन ।।।खुसीको मिटर’ सुरु गरेका थियौं, हामी श्री मोसीम आलमलाई विजेताको रुपमा हार्दिक बधाई दिन्छौं । साथै सम्पूर्ण सहभागीहरुलाई पनि धन्यवाद दिन चाहन्छौं ।” कम्पनीमा मार्केटिब हेड अमितराज चालिसेले भने ।
त्यस्तै नगद एक लाख विजेता श्री मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुशी र कृतज्ञता व्यक्त गर्दै भने, “मलाई सुरुमा त विश्वासै लागेन । पक्का भएपछि अतिनै खुसी लाग्यो । बजाज सधैं एक विश्वसनीय ब्रान्ड रहेको छ, र रही रहने छ भन्ने विश्वास गरेको छु । ।।। खुशीको मिटर’ अभियान मार्फत जित्नुले यसलाई अझ विशेष बनाएको छ । यो खुसीमा म सम्पूर्ण बजाज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij