Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

देशभर आंशिक बदली, उच्च भू-भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना

देशभर आंशिक बदली, उच्च भू-भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना

  • काठमाडौँ ।देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्र प्रायः आंशिक बदली रहनेछ।

    कोशी प्रदेशमा हिमाली क्षेत्रमा दिउँसो आंशिकदेखि सामान्य बदली रहने र एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ।

    मधेश प्रदेशमा आंशिक बदलीदेखि मुख्यतः सफा मौसम रहनेछ, यहाँ वर्षा वा अन्य मौसमी गतिविधिको सम्भावना न्यून रहेको छ।

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भूभागमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने आंशिक बदलीदेखि सफा मौसम रहने अनुमान गरिएको छ।

    केही प्रदेशका तराई क्षेत्रहरूमा एक-दुई स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

    रातिको समयतिर अधिकांश हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहँदा पहाडी क्षेत्रमा एक-दुई स्थानमा वर्षा र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

    मौसम महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरी सम्भावित स्थानहरूमा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij