Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

हिमालयन रिइन्सुरेन्सको नाफा ९८ करोड नाघ्यो, बीमा शुल्क र लगानी आम्दानीमा दोहोरो अंकको वृद्धि

हिमालयन रिइन्सुरेन्सको नाफा ९८ करोड नाघ्यो, बीमा शुल्क र लगानी आम्दानीमा दोहोरो अंकको वृद्धि

  • काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन रिइन्सुरेन्स कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    कम्पनीको खुद बीमा शुल्क आम्दानी १९.७६५ ले बढेर ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ पुगेको छ।
    त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १९.१५५ ले बढेको देखिन्छ। यी मुख्य आम्दानी स्रोतहरूमा वृद्धिले नै कम्पनीको मुनाफा बढाउन मद्दत गरेको हो।

    वित्तीय सूचकहरूका आधारमास्

    चुक्ता पुँजी: १० अर्ब ४० करोड रुपैयाँ

    रिटेन्ड अर्निङ: १ अर्ब २ करोड रुपैयाँ

    सेयर प्रिमियम: ३ अर्ब १२ करोड रुपैयाँ

     EPS(वार्षिक): १२.६८ रुपैयाँ

    नेटवर्थ प्रति शेयर : १६१.२४ रुपैयाँ

    कम्पनीले अघिल्लो वर्षको नाफाबाट ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij