Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

डा. पोषराज पाण्डे राष्ट्र बैंक गभर्नर सिफारिस समितिमा नियुक्त

डा. पोषराज पाण्डे राष्ट्र बैंक गभर्नर सिफारिस समितिमा नियुक्त

  • काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित सिफारिस समितिमा डा. पोषराज पाण्डेलाई नयाँ सदस्यको रूपमा चयन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थशास्त्री पाण्डेलाई समितिमा समावेश गर्ने निर्णय गरेको हो।

    यसअघि समितिमा रहेका अर्थविद् विश्व पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट गभर्नर पदका लागि नाम सिफारिस भएपछि राजीनामा दिएका थिए। पौडेलको राजीनामापछि रिक्त रहेको स्थानमा पाण्डेको नियुक्ति गरिएको हो।

    नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सम्पन्न भएको थियो। गभर्नरको पद एक महिनादेखि रिक्त छ, तर राजनीतिक सहमतिको अभावले नयाँ गभर्नर नियुक्ति अझै टुंगो लागेको छैन। प्रचलित कानुन अनुसार गभर्नरको कार्यकाल समाप्त हुनुभन्दा एक महिना अगाडि नयाँ गभर्नरको नियुक्ति गरिनुपर्ने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij