
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले वृद्धि भई १ लाख ८४ हजार ८०० रुपैयाँमा कायम भएको हो।
यो वृद्धिसँगै सुनको मूल्यले पुनः उच्च बिन्दु छोएको छ। याद गर्न लायक कुरा के छ भने, बिहीबार मात्र सुनको भाउ ३५ सय रुपैयाँले घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा झरेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १ हजार ९२५ रुपैयाँ थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij