Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

दोर्दी खोला जलविद्युतले १९.४६ लाख कित्ता सेयर लिलामीमा ल्याउँदै, जेठ ११ देखि आवेदन खुला

दोर्दी खोला जलविद्युतले १९.४६ लाख कित्ता सेयर लिलामीमा ल्याउँदै, जेठ ११ देखि आवेदन खुला

  • काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले हकप्रदमा बिक्री नभएका १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएको छ। लिलामीको आवेदन जेठ ११ गतेदेखि खुला हुनेछ।असार ७ गते यी सेयरहरूको लकइन अवधि समाप्त हुँदैछ, जसपछि यी सेयरहरू दोस्रो बजारमा स्वतन्त्र रूपमा कारोबार गर्न सकिनेछ।

    लिलामीमा सहभागी हुन चाहने व्यक्ति, कम्पनी, संघ वा संस्थाहरूले न्यूनतम मूल्य १०० रुपैयाँ तोकी प्रतिस्पर्धात्मक बोलपत्र पेस गर्नुपर्नेछ। आवेदन दिने अन्तिम म्याद जेठ १९ गते तोकिएको छ।

    यो सेयर बिक्री प्रक्रिया सानिमा क्यापिटल लिमिटेड को व्यवस्थापनमा सम्पन्न गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij