
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् आपूर्ति प्रभावित भएको विषयमा त्यसको कारण सार्वजनिक गरेका छन् ।विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसकेकाले विद्युत् आपूर्तिं प्रभावित भएको कार्यकारी निर्देशक शाक्यले बताएका हुन् ।निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ पदच्युत गरिएयता विद्युत जाने समस्या जनताले महसुस गर्दै आएकोमा बिहीबार एकैपटक धेरै क्षेत्रमा यस्तो समस्या अनुभव गरिएको थियो । राजधानीका विभिन्न ठाउँमा अँध्यारो भएको थियो ।
त्यस विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने बताए । प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित्र पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नललिए यो साह्रै ठूलो समस्या, संकट, दुर्घटना निम्तिन सकिने चिन्ता व्यक्त गरे । उनका अनुसार प्रसारण लाइनको अभाव चाँडो सम्बोधन नगरे सानो–सानो घटनामा पनि ट्रिपिङ भइरहने हुन्छ । यसले ठूला समस्या र दुर्घटना पनि निम्त्याउन सक्छ। हिजो राति साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै प्रक्रिया हेरेको बताउँदै शाक्यले अब हिजोभन्दा उत्कृष्ट काम गर्ने विश्वास दिलाए । आफ्ना पूर्ववर्तीप्रति आरोप लगाउँदै शाक्यले यसमा कसैले पनि चिन्ता लिनु नपर्ने प्रणालीलाई अझै सुधार गर्दै लाने बताए । उनका अनुसार प्रसारण लाइनको समस्या जताततै रहेको छ । तर उपभोक्ताहरू लोडसेडिङबाट कुलमानले मुक्त गराएको प्रभावबाट मुक्त नभएको सामाजिक सञ्जालका पोष्टहरू देखिन्छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij