Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

तेह्रथुम पावरको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

  • काठमाडौं ।तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज आइतबार ९जेठ ४ गते० रहेको छ। कम्पनीले जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन्।

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ः१ अनुपातमा कुल ४० लाख कित्ता हकप्रद सेयर जारी गर्दैछ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासनपछि पुँजी दोब्बर भएर ८० करोड रुपैयाँ पुग्नेछ।

    हकप्रद सेयर बिक्री व्यवस्थापनको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। कम्पनीले हकप्रद सेयरबाट संकलित पूँजी ‘खोरुंगा तांगमाया खोला जलविद्युत् आयोजना’को निर्माणमा प्रयोग गरिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij