Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँट सम्पन्न, कट-ऑफ मूल्य ६९७.८७ रुपैयाँ

नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँट सम्पन्न, कट-ऑफ मूल्य ६९७.८७ रुपैयाँ

  •  

    काठमाडौं  । नेको इन्सुरेन्सले लिलामीमा राखेको हकप्रद सेयरको बाँडफाँट सम्पन्न भएको छ। सर्वसाधारण समूहतर्फको लिलामी सेयरमा न्यूनतम ६९७.८७ रुपैयाँ (कट-ऑफ प्राइस) कबोल गरेर आवेदन दिने व्यक्तिहरूले सेयर प्राप्त गरेका छन्।

    कम्पनीले वैशाख १२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीका लागि खुला गरेको थियो। सोही सेयरको लिलामी बाँडफाँट हालै सम्पन्न गरिएको हो।

    यसैबीच, लिलामी बाँडफाँटमा नपरेका आवेदकको रकम आज जेठ ४ गतेदेखि फिर्ता गरिनेछ। कम्पनीले आवेदन फारममा उल्लेखित बैंक खातामार्फत क्लियरिङ हाउसको कनेक्ट आइपीएस प्रणाली प्रयोग गरी रकम फिर्ता गरिने जानकारी दिएको छ।

    रकम खातामा नजमेको खण्डमा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय, सममार्ग नक्साल, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij