Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

रसुवागढी नाकाबाट सात किलोभन्दा बढी अवैध सुन बरामद, ट्रक चालक पक्राउ

रसुवागढी नाकाबाट सात किलोभन्दा बढी अवैध सुन बरामद, ट्रक चालक पक्राउ

  • काठमाडौँ।रसुवागढी नाकाबाट आइतबार ठूलो मात्रामा अवैध सुन बरामद भएको छ। नेपाल प्रहरीको टोलीले चीनबाट लुकाएर ल्याइएको सात किलोभन्दा बढी सुन जाँचको क्रममा फेला पारेको हो।

    प्रहरीका अनुसार, स्याउ बोकेको वा४ख ६२०१ नम्बरको ट्रकमा सुन लुकाइएको थियो। ट्रक चलाइरहेका गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी निवासी २४ वर्षीय किशोर भुजेललाई तत्कालै नियन्त्रणमा लिइएको छ।

    बरामद सुनको तौल सात किलो ६५३ ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य झन्डै ११ करोड ११ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ। प्रारम्भिक अनुसन्धानमा भुजेल केही समयअघि मात्र जिल्ला बाहिरबाट बसाइँ सरेको पत्ता लागेको छ।

    हाल उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि रसुवा भन्सार कार्यालय, टिमुरेमा बुझाउने तयारी भइरहेको छ।

    प्रहरी तथ्याङ्कअनुसार, २०७२ साल मङ्सिर महिनादेखि हालसम्म रसुवाबाट बरामद गरिएको सुनको कुल मात्रा ६५ किलोभन्दा बढी भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij