Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्दै

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्दै

  • काठमाडौँ । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणलाई लक्षित गर्दै प्राथमिक साधारण शेयर ९क्ष्एइ० निष्काशन गर्न लागेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओको बाँडफाँट गरिसकेको छ।

    कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख रुपैयाँमध्ये ४८.६९६ प्रतिशत हिस्साका रुपमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरका शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये अहिले सर्वसाधारणका लागि ३२ करोड ९६ लाख रुपैयाँ बराबरका ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरिनेछ।

    पहिलो चरणमा वैदेशिक रोजगार स्वीकृति लिएका नेपालीहरूका लागि ३ लाख ९७ हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार कित्ता र कर्मचारीका लागि ७९ हजार कित्ता आरक्षित शेयर जारी भइसकेका छन्।

    आईपीओमा कम्तिमा १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशनको अवधि छिटोमा जेठ १९ गतेसम्म रहनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ २८ गतेसम्म लम्ब्याइनेछ।

    शेयर निष्काशन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा सेवा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ ९द्यद्य–० प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij