Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सेबोनद्वारा  ११ धितोपत्र दलाल कम्पनीहरूद्वारा कारबाही

सेबोनद्वारा  ११ धितोपत्र दलाल कम्पनीहरूद्वारा कारबाही

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमित गर्नुपर्ने काम नगर्ने ११ धितोपत्र दलाल कम्पनीलाई सचेत गराएको छ । ती दलाल कम्पनीले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने कारोबार विवरण नबुझाएकाले सेबोन सचेत गराएको हो ।

    सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ बमोजिम पालना  गर्नुपर्ने काम कम्पनीहरूले गर्नुपर्नेछ । त्यस्तो काम नगरेको पाएपछि बोर्डले कारबाही स्वरूप सचेत गराएको जनाएको छ ।

    धितोपत्र कम्पनीहरूले दैनिक कारोबार विवरण नराखेको र अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा पेस नगरेपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ (फ) अनुसार कारबाही गरेको हो ।

    सम्पत्ति शुद्धकरण निवारण सम्बन्धी निर्देशन पालना गर्ने धितोपत्र दलाल कम्पनीमा ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्काट्र्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij