Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

सुनको भाउ स्थिर, चाँदीको भाउमा ५ रुपैयाँले  घट्यो

सुनको भाउ स्थिर, चाँदीको भाउमा ५ रुपैयाँले  घट्यो

  • काठमाडौं । आज नेपालमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन सोमबारको मूल्यसँग मेल खाइरहेको छ।

    यसैगरी, चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १९ सय ४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ १९ सय ४५ रुपैयाँ प्रतितोला थियो।

    अन्तर्राष्ट्रिय बजारमा, आज सुनको मूल्य प्रतिऔंस ३,२१६.८३ डलर र चाँदीको मूल्य ३२.२१ डलरमा कारोबार भइरहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij