Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

डा. विश्व पौडेल विरुद्धको रिट दरपिठ सदर होला की गभर्नर घोषणामा बाधा पुग्ला ?

डा. विश्व पौडेल विरुद्धको रिट दरपिठ सदर होला की गभर्नर घोषणामा बाधा पुग्ला ?

  • काठमाडौँ । राजनीतिकरूपले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्व पौडेलको नियुक्ति भइ मन्त्रिपरिषद् बैठकबाट घोषणा हुन गइरहेको बेला पौडेलको अयोग्यतासम्बन्धी दरपिठ रिट उपरको पेशी सर्वोच्चमा परेको छ ।
     विश्व पौडेललाई गभर्नर नबनाउन भन्दै दिइएको रिट दरपिठ (दर्ता नभएको) विरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको हो  । 

    अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपिठ विरुद्धको निवेदनको पेशी मंगलबारका लागि न्यायाधीश मल्लको इजलासमा पेशी तोकिएको हो । उनीहरूले दरपिठको निर्णय खारेज गर्दै निवेदन दर्ता हुनुपर्ने माग गरेका छन् ।

    सरकारले अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गर्भनर बनाउन लागेको तर त्यसका लागि उनी अयोग्य रहेको दाबीसहित  सर्वोच्चमा दिएको निवेदनमा  दरपिठ गरिएको थियो । सो दरपिठ विरुद्ध उनीहरूले निवेदन लिएर पुगेका थिए । सम्बद्ध स्रोतका अनुसार मंगलबार  हेर्न नमिल्नेमा , दरपिठ सदर वा खारेज हुने स्थिति रहेको छ । दरपिठ खारेज भए भने डा. पौडेलको नियुक्तिमा बाधा उत्पन्न हुने छ ।

    पौडेलको हकमा मुख्या अयोग्यतासम्बन्धी अड्चन भनेको राजनीतिक दलको आबद्धता रहेको छ । तर यो कुनै ठुलो समस्या नभएको कतिपय कानुनविद्हरूको भनाइ छ । राजनीतिक दलको आबद्धता राजीनामाबाट हटाइ लगाउन बाधा फुकाउन सकिने अवस्था विद्यमान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij