काठमाडौँ । वैदेशिक रोजगारीमा जानेको संख्या असोजमा घटेको छ । भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ३३ हजार २ सय ६१ जनामात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
तर श्रम स्वीकृति नवीकरण गर्नेको संख्या भने भदौको तुलनामा असोजमा बढेको छ । भदौमा २२ हजार २ सय ४० जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने असोजमा ३१ हजार ३ सय ७३ जनाले पुनः स्वीकृति लिएको जनाइएको छ ।
असोजमा नयाँ र पुन गरी ६४ हजार ६सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् । असोजमा युएईका लागि साढे १८ हजार ४४६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । युएईपछि कतारका लागि ११ हजार ३० जनाले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि ८ हजार ७ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतका लागि चार हजार ५ सय २३ जना छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij