Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

सिरहामा लागूऔषध गाँजा सहित तीन जना पक्राउ

सिरहामा लागूऔषध गाँजा सहित तीन जना पक्राउ

  • सिरहा।सिरहामा लागूऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छ्न । पक्राउ पर्नेमा सिरहा नरहा गाउँपालिका - १ का ३५ वर्षिय संजय दास, सोही ठाउँका ३१ वर्षिय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका - ४ घर भएका संजय दासको गाडी चालक २० वर्षिय धिरज महतो रहेका छन् ।

    नरहा गाउँपालिका - १ देवीपुर स्थित संजय दासले सञ्चालन गरेको शिद्धीक्षा पशुपालन तथा कृषी फर्मबाट दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको ३१ किलो ८२० ग्राम लागू औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ४ थान मोबाइल सहित लागूऔषध गाँजाको बोरा सिलाउने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij