Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

ऊर्जा मन्त्री घिसिङ : ‘बिजुली उत्पादन रोक्नु समाधान होइन, बजार सिर्जना गर्नुपर्छ’

ऊर्जा मन्त्री घिसिङ : ‘बिजुली उत्पादन रोक्नु समाधान होइन, बजार सिर्जना गर्नुपर्छ’

  •  

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादन रोक्ने सोच त्याग्नुपर्ने बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) सँगको भेटमा उनले देशलाई आगामी वर्षहरूमा २०–३० हजार मेगावाट बिजुली आवश्यक पर्ने भएकाले अहिले उत्पादन रोकियो भने भविष्यमा गम्भीर संकट निम्तिने चेतावनी दिए।

    उनले निजी लगानीलाई अझ बढी प्रोत्साहन गरिने उल्लेख गर्दै, आवश्यक परे मन्त्रिपरिषद् वा अध्यादेशमार्फत कानूनी तथा नीतिगत सुधार गर्ने आश्वासन दिए। साथै, वन क्षेत्रसँग ठोक्किने चुनौती समाधान नगरे ऊर्जा पूर्वाधार विकास असम्भव हुने भन्दै प्रधानमन्त्रीसँग सल्लाह गरेर ठोस कदम चालिने बताए।

    IPPAN अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (PPA) रोक्दा निजी लगानीकर्ताको मनोबल कमजोर भएको उल्लेख गर्दै अनुकूल वातावरण बनाउन आग्रह गरेका थिए। IPPAN ले प्रस्तुत गरेको मागमा पीपीए तत्काल अघि बढाउने, आरसीओडी म्याद थप्ने, हाइड्रोलोजी पेनाल्टी खारेज गर्ने, १० मेगावाटसम्मका आयोजनाको PPA तुरुन्तै स्वीकृत गर्ने, र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउने जस्ता विषय समावेश थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij