Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

विदेशमा रहेका नेपालीका लागि विकास हाइड्रोपावरको आइपीओमा १.८७ गुणा बढी आवेदन

विदेशमा रहेका नेपालीका लागि विकास हाइड्रोपावरको आइपीओमा १.८७ गुणा बढी आवेदन

  •  

    काठमाडौं ।विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि खुला गरेको प्राथमिक सेयर  मा मागभन्दा १.८७ गुणा बढी आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, मंगलबार ९जेठ ७० बिहान १०:०७ बजेसम्म कुल २८ हजार ९९९ जना आवेदकले ६ लाख ६४ हजार ७१० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जसको कुल रकम ६ करोड ६४ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

    कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५४ हजार ५५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको थियो। यो सेयर बिक्री मंगलबार (जेठ ६ गते) देखि सुरु गरिएको हो।

    आवेदन संख्या र मागको अनुपात हेर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीबीच कम्पनीको सेयरप्रति उल्लेखनीय उत्साह देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij