Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

एसियन लाइफ इन्सुरेन्सको ४२% हकप्रद सेयरका लागि बुक क्लोज जेठ १६ मा

एसियन लाइफ इन्सुरेन्सको ४२% हकप्रद सेयरका लागि बुक क्लोज जेठ १६ मा

  •  

    काठमाडौं ।एसियन लाइफ इन्सुरेन्सले आगामी ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ। कम्पनीका अनुसार, जेठ १६ गते बुक क्लोज हुने भएकाले जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

    नेपाल धितोपत्र बोर्डबाट १ः०.४२ अनुपातमा, अर्थात् प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति कम्पनीले पाएको छ। यसको कुल मूल्य १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ हुनेछ।

    यो हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ। सेयरधनीहरुले हकप्रद भर्नका लागि समयमै आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij