Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण पुनः जारी

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण पुनः जारी

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनको अवधिका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण  जारी गरेको छ।

    यसअघि वैशाख १७ गते जारी गरिएको ५० अर्ब रुपैयाँको निक्षेप संकलन आजै परिपक्क हुने भएपछि, केन्द्रीय बैंकले सोही परिमाणको रकम पुनः प्रणालीबाट प्रशोचन गर्न लागेको हो।

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियाबाट आवेदन दिन सक्नेछन्। यस उपकरणमा साँवा तथा ब्याजको भुक्तानी मिति जेठ २८ गते तोकिएको छ भने ब्याजदर बोलकबोलमार्फत नै निर्धारण गरिनेछ।

    बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको गुणफलमा बाँडिने गरी कुल ५० अर्बसम्मको माग गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको यो कदमले वित्तीय प्रणालीमा सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij