Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

नेको इन्सुरेन्सले अवितरित ४३,७७९.५२ कित्ता संस्थापक हकप्रद शेयर बाँडफाँट गर्‍यो

नेको इन्सुरेन्सले अवितरित ४३,७७९.५२ कित्ता संस्थापक हकप्रद शेयर बाँडफाँट गर्‍यो

  •  

    काठमाडौं ।नेको इन्सुरेन्स लिमिटेडले हकप्रद निष्कासनपछि अवितरित रहेको ४३,७७९.५२ कित्ता संस्थापक तर्फको हकप्रद शेयर लिलामीमार्फत बाँडफाँट गरेको छ। कम्पनीले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्दा संस्थापक पक्षमा बाँकी रहेका सेयरहरू वैशाख १२ देखि २१ गतेसम्म लिलामीमा बिक्री खुला गरेको थियो।

    लिलामीमा प्राप्त गोप्य शिलबन्दी आवेदन वैशाख २६ गते खोली मूल्याङ्कन गरिएको थियो भने, बाँडफाँट सम्बन्धी निर्णय कम्पनीको सञ्चालक समितिले जेठ ६ गते गरेको हो।

    कम्पनीले जानकारी दिएअनुसार, बाँडफाँटमा नपरेको शेयर वापतको रकम जेठ ७ गतेदेखि सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिनेछ। यस लिलामी प्रक्रियाको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij