Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको वार्षिक साधारण सभा असार ६ गते, जेठ २० मा बुक क्लोज

ओम मेगाश्री फर्मास्युटिकल्सको वार्षिक साधारण सभा असार ६ गते, जेठ २० मा बुक क्लोज

  •  

    काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आगामी असार ६ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा भरतपुर नगरपालिका उद्योग परिसर, चितवनमा विहान ११ बजे गर्ने निर्णय गरेको हो।

    सभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव टुंग्याउनेछ।

    यस्तै, सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक चयन गर्ने कार्यक्रम पनि सभामा समावेश गरिएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभा समक्ष पेश गरिँदैछ, जसको लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरिनेछ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार जेठ १९ गतेसम्म शेयरधनी सूचीकृत भएका लगानीकर्ताहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij