Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

गभर्नर विश्वनाथ पौडेलको पहिलो निर्णय ५ सय र १ हजारको नयाँ नोट छाप्ने

गभर्नर विश्वनाथ पौडेलको पहिलो निर्णय ५ सय र १ हजारको नयाँ नोट छाप्ने

  • काठमाडौँ ।  शपथ लिएर पदबहाली गरेका  नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने निर्णय गरेका छन् । आजै मात्र नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका उनले पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका हुन् ।

    पदभार ग्रहणपछि मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउँदै उनले  मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक नभइ  छुट्टै स्वतन्त्र नीतिभएको   तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको भए यसलाई परिमार्जन गर्दै जान सकिने बताए ।

    गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएर आजै पद बहाली गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij