Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

बाफिया विधेयक जस्ताको तस्तै पास भए बैंकमा अझै धेरै पैसा थुप्रिन्छः पूर्वगभर्नर नेपाल

बाफिया विधेयक जस्ताको तस्तै पास भए बैंकमा अझै धेरै पैसा थुप्रिन्छः पूर्वगभर्नर नेपाल

  • काठमाडौं — अर्थ समितिमा बुधवार बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) माथि विस्तृत छलफल भएको छ। छलफलमा सहभागिता जनाउँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले अहिलेको स्वरूपमा बाफिया विधेयक पारित भएमा बैंकहरूमा पैसा अझ बढी थुप्रिने र लगानी विस्तारमा अवरोध पुग्ने चेतावनी दिएका छन्।

    उनका अनुसार विधेयकमा समावेश गरिएका केही प्रावधानहरू लगानीमैत्री नभएकोले आर्थिक गतिविधिमा संकुचन आउन सक्छ। पूर्वगभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरू विज्ञ हुनुपर्ने आवश्यकतामा जोड दिँदै सञ्चालक संख्या ११ देखि १२ बीच राख्दा उपयुक्त हुने सुझाव दिए।

    उनले चालु पुँजी कर्जासम्बन्धि राष्ट्र बैंकको कडाइका कारण उद्योगी तथा व्यापारीहरू कर्जाबाट वञ्चित भइरहेको पनि उल्लेख गरे। साथै, अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी कानून प्रत्येक देशको आर्थिक संरचना र आवश्यकतालाई हेरेर बनाइनुपर्ने बताएका छन्।

    नेपालले बाफिया विधेयकमा राखिएको “कारोबार गर्न नपाउने” जस्ता कडा प्रावधानले वैदेशिक लगानीमा समेत नकारात्मक असर पार्न सक्ने बताएका छन्। उनका अनुसार यी प्रावधानहरूलाई पुनरावलोकन गरेर वित्तीय क्षेत्रलाई मजबुत बनाउने र कर्जा प्रवाह बढाउने दिशामा काम गर्नुपर्ने आवश्यकता छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij