Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, लाभांश दाबीका लागि आज अन्तिम मौका

हिमालयन रिइन्सुरेन्सको साधारण सभा जेठ २५ मा, लाभांश दाबीका लागि आज अन्तिम मौका

  • काठमाडौं। हिमालयन रिइन्सुरेन्सले आगामी जेठ २५ गते वार्षिक साधारण सभा गर्ने जनाएको छ। सभाका लागि कम्पनीले बुक क्लोज मिति जेठ ११ गते तोकेको छ, जसअनुसार लाभांश प्राप्तिका लागि सेयरधनी आज जेठ ८ गतेसम्म कायम हुनुपर्नेछ।

    किनभने जेठ ९ गते शुक्रबार र १० गते शनिबार सेयर बजार बन्द हुने भएकाले आज सेयर खरिद नगरे लाभांश दाबी गर्न नमिल्नेछ।

    ४.७५ प्रतिशत लाभांश प्रस्ताव

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४.७५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। यसमध्ये ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरिएको छ।

    सभा विवरण

    • मिति: जेठ २५ गते, आइतबार

    • स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं

    • समय: बिहान ११ बजे

    साधारण सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह, सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्च, प्रबन्धपत्र संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावमा छलफल तथा निर्णय गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij