Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

रिभर फल्स पावर लिमिटेडको लक–इन अवधि सकिँदै, संस्थापक, स्थानीय र कर्मचारी सेयर कारोबार गर्न योग्य

रिभर फल्स पावर लिमिटेडको लक–इन अवधि सकिँदै, संस्थापक, स्थानीय र कर्मचारी सेयर कारोबार गर्न योग्य

  •  

    काठमाडौं। रिभर फल्स पावर लिमिटेडका संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीहरूले होल्ड गरेका सेयरको ‘लक–इन’ अवधि आजबाट सकिएको छ। लक–इन अवधि सकिएसँगै अब उनीहरूले आफनो सेयर खुल्ला बजारमा खरिद–बिक्री गर्न पाउने भएका छन्।

    कम्पनीले ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई तथा १ लाख ३६ हजार ५०० कित्ता कर्मचारीलाई सेयर वितरण गरेको थियो। ती सबै सेयरहरू २०७९ सालको जेठ ९ गतेदेखि तीन वर्षका लागि लक–इनमा राखिएका थिए।

    अब उक्त अवधिको समाप्तिसँगै, ती सेयरधनीहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आफ्नो सेयर बिक्री गर्न सक्ने छन्, जसले कम्पनीको सेयर कारोबारमा नयाँ गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij