Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

वैशाख मसान्तसम्म १४ खर्बभन्दा बढीको आयात, निर्यातमा ७२.७१ प्रतिशत वृद्धि

वैशाख मसान्तसम्म १४ खर्बभन्दा बढीको आयात, निर्यातमा ७२.७१ प्रतिशत वृद्धि

  • काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो १० महिनामा (वैशाख मसान्तसम्म) नेपालले १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको आयात भएको थियो।

    भन्सार विभागद्वारा सार्वजनिक विवरणअनुसार सोही अवधिमा नेपालबाट भएको वस्तु निर्यातमा उल्लेखनीय सुधार देखिएको छ। निर्यात ७२.७१ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ थियो।

    यो आधारमा नेपालको कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले वृद्धि भई १६ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि, व्यापार घाटा पनि बढ्दै ६.७२ प्रतिशतले वृद्धि भई १२ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ।

    वैशाख मसान्तसम्म आयात–निर्यात अनुपात ६।७७ रहेको छ। कुल व्यापारमा निर्यातको हिस्सा १२.८८ प्रतिशत मात्र रहेको छ भने आयातको हिस्सा ८७.१२ प्रतिशत छ, जसले व्यापार असन्तुलन अझै चुनौतीपूर्ण रहेको संकेत गर्छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij