
काठमाडौँ । सरकारले उच्चस्तरी आर्थिक सुधार आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने योजना बनाएको छ ।पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उक्त प्रतिवेदन कार्यान्वयन गर्न योजना बनाइएको हो ।प्रतिवेदनले दिएका सुझावका आधारमा सरकारले विभिन्न ४०८ वटा कार्यलाई कार्यान्वयन गर्ने समयावधि, जिम्मेवार निकाय र अपेक्षित उपलब्धि सहित सरकारले यस्तो कार्ययोजना बनाएको हो ।
मन्त्री परिषद्ले वैशाख २ गते कार्य योजना बनाउन समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेलको नेतृत्वमा गोविन्दबहादुर कार्की, कृष्णबहादुर राउत र राजस्वसचिव दिनेशकुमार घिमिरे सदस्य रहेको समितिले कार्य योजना बनाएको थियो । सोमबारको बैठकले उक्त कार्य योजना स्वीकृत गरेको हो । योसँगै अर्थ मन्त्रालयले उक्त कार्य योजना शुक्रबार सार्वजनिक समेत गरेको छ ।
पूर्णपाठ:
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij