Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

‘ग्रो टेनिस’का लागि ‘टेनिस ट्यालेन्ट हन्ट’ सञ्चालन गरिँदै

‘ग्रो टेनिस’का लागि ‘टेनिस ट्यालेन्ट हन्ट’ सञ्चालन गरिँदै

  • कास्की ।गण्डकी प्रदेश टेनिस सङ्घले देशका लागि आवश्यक सक्षम र व्यावसायिक टेनिस खेलाडी उत्पादनका दीर्घकालीन योजनाअन्तरगत ‘ग्रो टेनिस’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    टेनिस ट्यालेन्ट हन्ट९प्रतिभाको खोजी०मार्फत देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षमताका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्य सङ्घको छ । दीर्घकालीन र महत्वकांक्षी योजनाअन्तर्गत आठ वर्षमा १० जना राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले बताउनुभयो ।

    उहाँका अनुसार विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारका आठदेखि १२ वर्षसम्मका बालबालिका मध्येबाट खुला आवेदन माग गरेर पहिलो चरणमा ४० जना छनोट गरिने छ ।  छनोट भएकालाई ६ महिना प्रशिक्षण गराएर उत्कृष्ट ३०, त्यसपछि पुनः प्रशिक्षण गराएर उत्कृष्ट १० जना छनोट गर्ने तयारी गरिएको कायस्थले बताउनुभयो ।

    अन्तिम छनोटमा आठजना बालक र दुई जना बालिका छनोट गरी उनीहरूलाई आठ वर्षसम्म टेनिस प्रशिक्षण गराइनेछ । छनोट भएका खेलाडीको शिक्षादेखि आवाससम्मको सबै व्यवस्था सङ्घले गर्नेछ । 

    अध्यक्ष कायस्थले भन्नुभयो, “छनोट भएका बालबालिकाका लागि टेनिस खेल्नका लागि चाहिने बल,  र्‍याकेट, जर्सी, उनीहरूलाई चाहिने दैनिक डाईट र यातायात खर्चपनि हामी नै बेहोर्छौँं ।” सङघका महासचिव नवीन चालिसले एक जना खेलाडी बराबर करिब रू १५र१६ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो । 

    “हामीले दाताहरू खोजिसकेका छौँ । टेनिसका प्रशिक्षकदेखि अग्रज खेलाडीले नै सहयोग गर्नुहुनेछ । एक व्यक्ति एक स्पोन्सर खोजेका छौँ,” अध्यक्ष कायस्थले बताउनुभयो । ‘ग्रो टेनिस’ पोखरा चिनाउने अभियानसमेत भएको बताइन्छ । 

    “पोखरा अहिले प्याराग्लाईडिङले चिनिन्छ । पर्यटनको राजधानीले परिचित छ । अभियानमार्फत खेलाडी उत्पादन गरेर पोखरालाई टेनिसबाट चिनाउने छौँ,” उहाँले भन्नुभयो । गण्डकी विश्वविद्यालयका प्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ कार्यक्रम नेपाली खेलकुदलाई व्यावसायिक बनाउन अग्रगामी कदम हुने विश्वास व्यक्त गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij