Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

चालु आर्थिक वर्षको ९ महिनामा चालु खाता र शोधनान्तरमा उल्लेखनीय बचत, तर व्यापार घाटा बढ्यो

चालु आर्थिक वर्षको ९ महिनामा चालु खाता र शोधनान्तरमा उल्लेखनीय बचत, तर व्यापार घाटा बढ्यो

  •  

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समीक्षाअनुसार, पहिलो ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ। सोही अवधिमा शोधनान्तर पनि ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो।

    यस अवधिमा कुल वस्तु निर्यातमा उल्लेखनीय ६५.२ प्रतिशतको वृद्धि भई निर्यात १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। यता, वस्तु आयात पनि १२।२ प्रतिशतले बढेर १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ। यद्यपि, निर्यातको तुलनामा आयातको वृद्धिदर न्यून भए तापनि समग्र व्यापार घाटा भने ६।४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

    यो विवरणले नेपालको चालु खाता र शोधनान्तरमा वित्तीय सन्तुलन देखिए पनि निर्यात र आयातबीचको असन्तुलनले व्यापार घाटालाई अझै गहिरो बनाएको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij