Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

नागढुंगाबाट १२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

नागढुंगाबाट १२ किलो चाँदीसहित बसका सहचालक पक्राउ

  • काठमाडौं ।प्रहरीले  १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् । प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।

    वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएको  थियो । बरामद भएपछि प्रहरीले सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जनाएका छन् ।बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij