Logo

Sep 04 2025 | २०८२, भदौ १९गते

Sep 04 2025 | २०८२, भदौ १९गते

images

राष्ट्रियसभा : गृहमन्त्रीको राजीनामा माग

राष्ट्रियसभा : गृहमन्त्रीको राजीनामा माग

  •  

    काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ ।

     

    आकस्मिक समयमा बोल्नुहुने सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्नुभयो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गिरफ्तार गरेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उहाँको भनाइ छ । पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उहाँले बताउनुभयो । दुई तिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप पनि सांसद अछामीले लगाउनुभयो ।

     

    राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा सभाको ध्यानाकर्षण भएको बताउनुभयो । गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । राष्ट्रियसभाको बैठक भने सञ्चालन भएको छ ।

     

    राष्ट्रियसभाको आजको बैठकमा सहरी विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

     

    त्यस्तै, आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन् समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij