Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा सुन्दर प्लाइउड सेन्टरका प्रोपराइटर  आकाश अग्रहरी विरुद्ध एक करोड बढीको राजस्व चुहावट मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा सुन्दर प्लाइउड सेन्टरका प्रोपराइटर  आकाश अग्रहरी विरुद्ध एक करोड बढीको राजस्व चुहावट मुद्दा दायर

  • काठमाडौँ ।राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत् राजस्व चुहावटसम्बन्धी कसूरमा १ करोड बढीको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा २०(६) बमोजिम जेठ १४ गते मुद्दा दायर गरेको हो ।

    राजस्व अनुसन्धान कार्यालय बुटवलका कार्यालय प्रमुख विवेक घिमिरे जनाए अनुसार जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिा वडा न ८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका प्रोपराइटर आकाश अग्रहरीले  सञ्चालन गरेको  पसल र गोदाममा खानतलासी गरिएको थियो । खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा प्रतिवादी अग्रहरीले  राजस्व चुहावट गर्ने उद्देश्यले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको , बीजक जारी नगरी मालवस्तु बिक्री गरेको , मौज्दात विवरण भन्दा अधिक मालवस्तु फेला परेको र खरिद तथा भन्सार पैठारी गरेको कुनै प्रमाण नभएको कार्यालय प्रमुख विवेक घिमिरेले नयाँ सडकसँगको कुराकानीमा बताए ।

    उक्त फर्मले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण )ऐन २०५२को दफा ३ले निषेध गरेको कार्य गरी दफा४को खण्ड (क)(ख) (घ) र (झ)बमोजिम कसूर गरेको पुष्टि हुनआएको जनाउँदै विभागले सोही ऐनको दफा २(छ)१ ब्मोजिम भन्सार चोरी पैठारी तर्फ अधिक मौज्दातको बिगो ३ लाख २५ हजार ८ सय ७ रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फको अधिक मौज्दात २ लाख ५२ हजार २ सय ७८ रुपैयाँ , मूल्य अभिवृद्धि करतर्फको न्यून मौज्दातको बगो १५ लाख ६९ हजार २ सय ३६ रुपैयाँ र आयकरतर्फको बिगो ३१ लख ८० हजार ३ सय २५ गरी ५३ लाख २७ हजार ६ सय ४६ रुपैयाँ बिगो कायम गरिएको छ ।

    सोही ऐनको दफा २३(१) बमोजिम बिगोको शतप्रतिशतले हुने जरिवाना समेतगरी कुल बिगो १ करोड ६ लाख ५५ हजार २ सय ९२ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले विज्ञप्ति जारी गरी जनाएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij