Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

  • काठमाडौँ ।   राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन यहि मिति २०८२ जेष्ठ १७ देखि १८ गतेसम्म राष्ट्रिय सभागृह काठमाण्डौमा सम्पन्न हुन गैरहेको छ। उक्त महाधिवेशनको  उद्घाटन  प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टि (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट हुने जनाइएको हो ।  

    वि.सं.२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल विस्तार भएर चौयो महाधिवेशन २०७८ बाट महासंघमा रुपान्तरित भएको हो। हाल यस महासंघमा स्वास्थ्य क्षेत्रका विभिन्न विधाका ८ वटा विषयगत घटकहरु आवद्ध भएका छन । स्वास्थ्य सम्बन्धि सामान्य तालिम प्राप्त देखी विशेषज्ञ स्वास्थ्यकर्मीहरुसम्म यस महासंघ र आफ्नो सेवा समूह मिल्ने घटकहरुमा आवद्ध भएका छन् । 

    महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको छ। स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुविधा, न्याय, सम्मान र मर्यादका लागि निरन्तर सङ्घर्षरत छ। स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धि कानून, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको छ। 

    महासंघको चौथो महाधिवेशन २०७८ चैत्रमा सम्पन्न भएदेखि हालसम्म महासंघका ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा विशेष जिल्ला, ८ वटा घटकका केन्द्र, २८७ वटा स्थानीय कमिटि र अन्य कमिटि गरि ४०० भन्दा बढी कमिटिहरु गठन भएका छन् । हजारौं स्वास्थ्यकर्मीहरु यसका सदस्य भएका छन् । यस महासंघ नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान र देशव्यापी व्यवस्थित सङ्गठित संजाल भएको ठूलो संगठन हो ।

    पाचौं राष्ट्रिय महाधिवेशनमा देशभरि बाट बिधान बमोजिम् ५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् ।  खुल्ला र बन्द सत्र गरि २ दिन सम्म महाधिवेशन चल्ने छ। महाधिवेशनले विधान समेत संशोधन गर्दै ९ सदस्यीय पदाधिकारी सहित ९९ जना सम्मको केन्द्रिय समिति निर्वाचित गर्नेछ। महाधिवेशन सम्पन्न गर्न विभिन्न उप समितिहरु गठन गरि तयारीका कामहरु भैरहेका छन् । यस महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन सफलता पूर्वक सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सबैमा हार्दिक अपिल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका  अध्यक्ष  डा. झलक गौतम पत्रकार सम्मेलनको आयोजना गरी गरेका हुन् । 


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij