Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेसनल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा असार ५ गते, लाभांश प्रस्ताव सार्वजनिक

नेसनल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा असार ५ गते, लाभांश प्रस्ताव सार्वजनिक

  • काठमाडौँ । नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित लाभांशसहित वार्षिक साधारण सभा असार ५ गते गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा बिहान १०:३० बजे सभा आयोजना गर्ने तय गरेको हो। सभामा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, कर प्रयोजनका लागि थप ०.७८९ प्रतिशत नगद लाभांश पनि स्वीकृत गरिने उल्लेख गरिएको छ। यस्तै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन गर्ने एजेन्डा पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। कम्पनीले सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ, जसअनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij