Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

राष्ट्र बैंकको संशोधित निर्देशन : सेयर धितो कर्जाको जोखिमभार घट्यो, मौज्दात कायमको सीमा कडा

राष्ट्र बैंकको संशोधित निर्देशन : सेयर धितो कर्जाको जोखिमभार घट्यो, मौज्दात कायमको सीमा कडा

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरिएको नीतिगत परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाहरू (बाफिया) लाई लागू हुने एकीकृत निर्देशनमा संशोधन गरेको छ। यस संशोधनसँगै सेयर धितो कर्जाको जोखिमभारमा महत्वपूर्ण परिवर्तन गरिएको छ।

    राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाका लागि जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो कर्जाको जोखिमभार अधिकतम १२५ प्रतिशतसम्म कायम थियो। अबबाट बैंक तथा वित्तीय संस्थाहरूले उक्त कर्जामा बढी जोखिम भार गणना गर्नुपर्ने छैन, जसले पूँजी व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

    त्यस्तै, राष्ट्र बैंकले अनिवार्य मौज्दातको दैनिक रूपमा कायम गर्नुपर्ने न्यूनतम सीमा पनि बढाएको छ। अबदेखि बैंक तथा वित्तीय संस्थाले अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत दैनिक रूपमा कायम गर्नुपर्नेछ, जुन यसअघि ७० प्रतिशत मात्र थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij