
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ खुलामुखी योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्कासनमार्फत सञ्चालन गर्न लागेको छ। यस योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासनमा ल्याउँदैछ। यो योजना ४ करोड इकाई क्षमता भएको हो, जसमा ३०–३० लाख इकाई ९७.५५० कोष प्रबर्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि आरक्षित गरिएको छ।
सार्वजनिक निष्कासन जेठ २३ गते सुरु भई, छिटोमा जेठ २७ गतेसम्म खुला रहनेछ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार ६ गतेसम्म लम्ब्याइनेछ। आवेदन दिने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको छ — लगानीकर्ताहरूले मेरो शेयर अनलाइन प्रणाली वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत आवेदन दिन सक्नेछन्।
उक्त योजनाका लागि प्रभु बैंकलाई (ट्रिपल बी माइनस) रेटिङ दिएको छ भने प्रभु क्यापिटलले रेटिङ प्राप्त गरेको छ।
यो योजना खुलामुखी प्रकृतिको भएकाले यसको इकाईहरू दोस्रो बजारमा कारोबार नहुने भए पनि योजना व्यवस्थापक, कोष प्रबर्धक वा अधिकृत वितरकमार्फत खरीद–बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ। इकाईहरूको मूल्य खुद सम्पत्ति मूल्य ९ल्ब्ख्० को आधारमा निर्धारण हुनेछ, र यसमा खरीद–बिक्री गर्न कुनै प्रतिबन्ध लाग्ने छैन।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij