Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

हिमालयन र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर विक्री खुला

हिमालयन र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर विक्री खुला

  •  

    काठमाडौं । बिहीवार दुई बीमा कम्पनीहरूले आफ्नो संस्थापक शेयर विक्रीका लागि सार्वजनिक सूचना जारी गरेका छन्। हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख १२ हजार २४० कित्ता, र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३५ हजार ६७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन्।

    यी शेयरहरू खरीद गर्न केवल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र अधिकार प्रदान गरिएको छ। इच्छुक संस्थापकहरूलाई ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा पुगेर आवेदन पेश गर्नुपर्नेछ।

    हिमालयन लाइफ इन्स्योरेन्सको कार्यालय: हात्तिसार, काठमाडौं

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कार्यालय: कमलादी, काठमाडौं

    यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरूले शेयर खरीद नगरेमा, ती शेयरहरू अन्य व्यक्ति वा संस्थालाई विक्री गरिने कम्पनीहरूले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij