Logo

May 31 2025 | २०८२, जेठ १७गते

May 31 2025 | २०८२, जेठ १७गते

images

सुनको भाउ लगातार घट्दो – दुई दिनमा प्रतितोला ३ हजार १ सय रुपैयाँले गिरावट

सुनको भाउ लगातार घट्दो – दुई दिनमा प्रतितोला ३ हजार १ सय रुपैयाँले गिरावट

  •  

    काठमाडौं । नेपालमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८०० रुपैयाँमा झरेको छ।

    यसअघि बुधबार पनि छापावाल सुनको मूल्य १ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० रुपैयाँमा कायम भएको थियो। यसरी हेर्दा, दुई दिनमै सुनको मूल्य कुल ३ हजार १ सय रुपैयाँले घटेको हो।

    त्यस्तै, चाँदीको भाउ पनि घट्ने क्रममा रहेको छ। बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँमा झरेको छ। बुधबार चाँदीको मूल्य २ हजार ५ रुपैयाँ रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij