Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

राजावादी प्रदर्शन र एमालेको कार्यक्रम लक्षित गर्दै काठमाडौंमा सुरक्षा कडाइ - भृकुटीमण्डप र रत्नपार्कमा चार हजार प्रहरी परिचालन

राजावादी प्रदर्शन र एमालेको कार्यक्रम लक्षित गर्दै काठमाडौंमा सुरक्षा कडाइ - भृकुटीमण्डप र रत्नपार्कमा चार हजार प्रहरी परिचालन

  •  

    काठमाडौँ । आज राजधानीको भृकुटीमण्डप र रत्नपार्क क्षेत्र अत्यन्त सुरक्षा संवेदनशील बनेको छ। नेकपा (एमाले) को गणतन्त्र दिवस कार्यक्रम र राजावादी समूहको प्रदर्शनलाई मध्यनजर गर्दै झन्डै ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

    सुरक्षालाई अझ प्रभावकारी बनाउन ड्रोनबाट निगरानी गर्ने व्यवस्था गरिएको प्रहरी प्रशासनले जानकारी दिएको छ। ट्राफिक व्यवस्थापनका लागि पनि ८ सय ट्राफिक प्रहरी खटाइएका छन्।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार, भीड तथा सम्भावित जामलाई न्यून बनाउन गाडीको प्रवेशमा डाइभर्सन लागू गरिएको छ। विभिन्न समूहको प्रदर्शन तथा कार्यक्रममा सहभागी हुने स्थानहरूतिर सवारी आवागमन आंशिक रूपमा नियन्त्रणमा राखिएको छ।

    यसै क्रममा, एमालेले भृकुटीमण्डपमा गणतन्त्र दिवस मनाउने कार्यक्रम गरिरहेको छ भने राप्रपा लगायत राजावादी समूहले दिउँसो २:३० बजेपछि रत्नपार्कमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुबै पक्षलाई विभिन्न समय छुट्याएर कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ — पहिले एमाले, त्यसपछि राजावादी समूहलाई।

    राजावादी समूहले राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन गर्ने घोषणा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij