Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

कृषि तथा पशुपन्छी बीमा विस्तारका लागि सरकारको २ अर्ब ३ करोडको बजेट विनियोजन

कृषि तथा पशुपन्छी बीमा विस्तारका लागि सरकारको २ अर्ब ३ करोडको बजेट विनियोजन

  •  

    काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि तथा पशुपन्छी बीमा कार्यक्रम विस्तार गर्न २ अर्ब ३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस कार्यक्रममार्फत किसानको जोखिम न्यूनीकरण गर्दै उनीहरूको आम्दानी स्थायित्वमा सहयोग पुर्‍याउने उद्देश्य रहेको बताए। बीमा पहुँच देशभरका सामान्य किसानसम्म पुगोस् भन्ने हेतुले कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै विस्तारित गरिने उनले स्पष्ट पारे। यस कदमबाट कृषि क्षेत्रको दिगो विकास र किसानको आर्थिक सुरक्षामा सघाउ पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij