
काठमाडौं । सरकारले मुलुकमा भूमि बैंक स्थापना गर्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा भूमि बैंकमार्फत उपयोगविहीन वा अनुपयुक्त अवस्थामा रहेको जग्गालाई लिजमार्फत उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको छ। यस व्यवस्थाले कृषि, औद्योगिक र पूर्वाधार विकासका परियोजनाहरूलाई सहजीकरण गर्ने र भूमिको प्रभावकारी उपयोग सुनिश्चित गर्ने विश्वास लिइएको छ। भूमि बैंकको माध्यमबाट दीर्घकालीन रुपमा भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउँदै आर्थिक विकासमा टेवा पुर्याउने सरकारको योजना छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij